Birtamod, Jhapa Nepal info@rotarybtm.com 9806055007

सन्दकपुर गाँउपालीकाका ६ विद्यालयमा रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको सहयोग

रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले न्यानो कपडा वितरण गरेको छ । चिसोको कारणले विद्यालय जान बन्चित विकट पहाडी क्षेत्र सन्दकपुर गाँउपालीकाका ६ विद्यालयका २५७ विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको हो ।

एक्सल डेभलपमेन्ट बैङ्क बिर्तामोड झापाको प्रमुख आर्थिक सहयोग, नेस्ट जापान पुन जागरण युवा ब्लब, डिजनी प्ले स्कुल बितामोड, आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको छ।

यस्ता कार्यक्रम विगतका वर्षहरूमा पनि गरिदै आएको ”हामीलाई पनि जाडो लाग्छ“ अभियानको निरन्तरता रहेको रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष शरद जोशीले बताए । तराई भेगको तुलनामा पहाडी क्षेत्रहरूमा धेरै समयसम्म चिसो हुने र बच्चाहरूलाई विद्यालय जान कठिन हुने भएकाले यो अभियान चलाइक हौ, जोशीले भने ।

सो अभियान अन्तर्गत बालकल्याण निम्न माध्यमिक विद्यालय, सत्लुङ निम्न माध्यमिक विद्यालय, युवा निम्न माध्यमिक विद्यालय, देवी निम्न माध्यमिक विद्यालय, श्री जन कल्याण आधारभूत निम्न माध्यमिक विद्यालय र माइताल विद्यालय गरी ६ विद्यालयका २५७ जना विद्यार्थीलाई ज्याकेट, टोपी, मोजा लगायताका लत्ताकपडा वितरण गरेको उक्त कार्यक्रमका संयोजन दिनेश खतिवडाले बताए।

साथै ”शुद्ध पानी तिम्रो लागि नानी“ भन्ने अभियान अन्तर्गत रही ६ वटै विद्यालयमा एक एक थान फिल्टर र रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनका सदस्य डा. शिशिर पोख्रेलबाट विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *