दुई छिमेकी देशका रोटरियनहरुले संयुक्त रुपमा एउटा रचनात्मक कार्य गरेका छन् । त्यस कार्यमा साथ दिएको छ विर्तामोडस्थित एक्सेल डेभलपमेन्ट बैंकले ।

नेपालको रोटरी क्लव अफ विर्तामोड मिडटाउन र भारतको रोटरी क्लव अफ सिलिगुडी मिडटाउनका रोटरियनहरुबीच नेपालको पूर्वी पहाडी जिल्ला इलामको पर्यटकीय स्थल श्रीअन्तुमा परिचय आदान प्रदान मात्र भएन उनीहरुले त्यहाँका दुई सामुदायिक विद्यालयको आधारभूत तहका झण्डै सय विद्यार्थीलाई जाडोमा लगाउने खालका विद्यालय जान मिल्ने लुगा र पाठ्य सामग्री वितरण गरेर रोटरीको सामाजिक सेवा कार्यलाई दर्शाएका छन् ।
स्थानीय जनक उच्च माविका १ देखि ५ कक्षासम्मका ५७ जना र अर्को कञ्चनजंघा प्राविका १ देखि ३ कक्षासम्मका ३७ विद्याथीलाई सामग्री वितरण गरिएको हो । दुबै स्कूलमा संक्षिप्त कार्यक्रम गरी विद्यार्थीलाई रोटरी क्लव अफ विर्तामोड मिडटाउनका अध्यक्ष अरविन्द अग्रवाल, रोटरी क्लव अफ सिलिगुडी मिडटाउनका अध्यक्ष आशिष गुप्ता, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा विर्तामोड मिडटाउनका पूर्व अध्यक्ष उमेश डालमिया, एक्सेल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख तथा रोटरियन दिनेशकुमार पोखरेललगायतले पोशाक तथा सामग्री वितरण गरिएको रोटरी क्लव अफ विर्तामोड मिडटाउनका पूर्व अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।

Leave a Comment
Last Updated: December 30, 2017 by rbirtamod
दुई देशका रोटरियनहरुको संयुक्त सामाजिक कार्य

Category: News
Recent Posts